कम्पनी रजिष्ट्रारको कार्यालयले स्थगित गर्यो सेवा


प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन अनुसार नीजि तथा सार्वजनिक क्षेत्रहरुले सेवा तत्काललाई बन्द गर्ने क्रमलाई तिब्र पारेका छन् ।

यसै बिच कम्पनी रजिष्ट्रारको कार्यलयले पनि कोरो भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई ध्यानमा राख्दै चैत २१ गते सम्म कार्यालय बन्द गर्ने भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना सार्वजनिक गर्दै कार्यालयबाट प्रवाह हुने सबै किसिमका सेवा चैत २१ गतेसम्म स्थगन गरिएको जनाएको छ ।