नेपाल टेलिकमको मोबाइलमा १५ मा दिनभरी, १२ रुपैयाँमा रातभरी कुरा गर्न सकिने


नेपाल टेलिकमले अनलिमिटेड डे र नाइट प्याक योजना ल्याएको छ ।

अनलिमिटेड डे भ्वाइस प्याकअन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जति पनि कल गर्न सकिने प्याक सार्वजनिक गरेको हो ।

यो भ्वाइस प्याक खरिद गर्नका लागि टेलिकमका मोबाइल प्रयोगकर्ताले *1415*9*2# डायल गर्नु पर्ने टेलिकमले जनाएको छ ।

एसएमएसबाट यो प्याक खरिद गर्नका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ । यो प्याक एक पटक लिएपछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।

अनलिमिटेड नाइट भ्वाइस प्याकअन्तर्गत १२ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानी गर्न सकिन्छ । यो प्याक लिनका लागि *1415*1*5*4# डायल गर्नुपर्दछ । त्यसैगरी NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।

अरु प्याकहरु लिनका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np बाट प्राप्त हुने विभिन्न प्याकेजमध्ये आफूलाई उपयोगी हुने भ्वाइस प्याक छनोट गरेर पनि प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

त्यसैगरी, ‘नेपाल टेलिकम’ एपबाट पनि आफुलाई आवश्यक पर्ने प्याकहरु खरिद गरी प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।