चैत ४ गते कतार एयरवेज ६५२ बाट नेपाल आएका यात्रुलाई आफैं क्वारेन्टाइनमा बस्न पर्यटन बोर्डको आग्रह


सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक युवती सवार हवाइजहाजका यात्रुलाई जोखिमबाट बच्न पर्यटन बोर्डले आग्रह गरेको छ ।

सबै यात्रुको विबरण उपलब्ध भईनसकेको अवस्थामा बोर्डले सोमबार साँझ त्रिभुवन बिमानस्थलमा अवतरण भएका २०५ यात्रुलाई आफैं क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो।

सामाजिक सञ्चालमार्फत सूचना प्रवाह गर्दै बोर्डले भनेको छ “मार्च १७ मा कतार एयरवेजबाट नेपाल आएका एक जनामा कोरोना संक्रमण भेटिएको छ, त्यस फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरूले आफैंलाई क्वारेन्टाइन गर्नुहोस्।”, “तपाईंलाई रुघा, खोकी वा ज्वरो आएको भए जतिसक्दो चाँडो टेकु अस्पतालमा रिपोर्ट गर्नुहोस् ।”

फ्रान्सबाट नेपाल आउने क्रममा १९ वर्षीय एक युवती कतारको ट्रान्जिट हुँदै सोमबार बिहान कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन । उनैलाई कोभिडको संक्रमण पुष्टि भएको हो ।