लकडाउनका बेला बैंकहरुले सबै एटीएम र स्थानीय तहमा एउटा शाखा खुल्ला राख्ने


नेपाल बैंकर्स संघले लकडाउनको समयमा बैंकका शाखा र एटिएम सेवालाई सुचारु राख्ने निर्णय गरेको छ । संघले सबै बैंकका एटीएम बुथलाई साविकको सरह खुल्ला राख्दै निश्चित शाखाहरु पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँगको छलफलपछि आंशिक बैंकिङ सेवा प्रवाह गर्ने निर्णय गरिएको बैंकर्स सघंले जनाएको छ । यसका लागि सबै एटीएम बुथहरुमा नगद लोड गर्ने व्यवस्थाका लागि सबै बैंकलाई आग्रह गरिसकिएको संघले जनाएको छ ।

सबै वाणिज्य बैंकले कम्तीमा एउटा स्थानीय तहमा एउटा शाखा सञ्चालन गर्ने निर्णय संघले गरेको हो ।