महामारीका रुपमा फैलिरहेको कोभिड १९ बाट बच्न के के कुरामा ध्यान दिने ?


चीनको वुहान प्रान्तबाट संक्रमण सुरु भइ विश्वका १८८ भन्दा बढी मुलुकमा तिब्र गतिमा फैलिएको कोरोना भाइरस (COVID 19) को उच्च जोखिममा नेपाल पनि परेको छ ।

हालसम्म नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको क्षेत्रमा राखिसकेको छ ।

यसै सन्दर्भमा नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राजपत्रमा समेटिएका अत्यावश्यकीय सेवा बाहेकका सेवालाई बन्द गर्ने निर्णय गरिसकेको छ ।

सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरिरहेको छ । यस्तो अवस्थामा नेपालमा कोरोना भाइरसको संक्रणम फैलन नदिनका लागि आवश्यक ध्यान पुर्याउनु तपाई हामी सबैको कर्तव्य हो ।

कोरोना भाइरसको संक्रमण नदेखिएको अवस्थामा पनि उच्च सतर्कता अपनाउँ । यदि संक्रमण देखिइहालेको अवस्थामा पनि के कसरी सावधानी अपनाउने ? केही जानकारीहरु :

कोरोना भाइरस (COVID 19) का लक्षणहरु

– १००.४ डिग्री फरेनहाइटभन्दा धेरै ज्वरो आउनु
– खोकी लाग्नु,
– सिँगान बगिरहनु
– घाँटी सुक्नु र दुख्नु
– थकान महसुस हुनु
– छिटोछिटो सास फेर्नु
– सास फेर्न गाह्रो हुनु
– वान्ता हुनु
– लगातार टाउको दुख्नु
– जटिल अवस्थामा स्वासप्रस्वासको समस्या बढ्न गइ मृत्यू समेत हुन सक्छ ।

 

कोरोना भाइरस (COVID 19) कसरी सर्छ ?

– नाकबाट निस्किने सिँगानबाट
– फोहोर हातबाट
– राम्ररी नपकाएको मासुजन्य खाद्यान्नका साथै तरकारीबाट
– संक्रमित व्यक्तिसँगको सम्पर्कबाट
– घर, कार्यालयमा रहेका प्लाष्टिक तथा धातुबाट पनि संक्रमण फैलिन सक्छ

 

कोरोना भाइसर (COVID 19) को संक्रमणबाट बच्न के गर्ने ?

– नियमित रुपमा साबुन पानी तथा गूणस्तरीय स्यानिटाइजरले हात सफा गर्ने
– खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
– माछा, मासु अण्डा तथा तरकारी राम्रोसँग पकाएर खाने
– बाहिरको खाने कुरा नखाने
– भिडभाडमा नजाने
– कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
– सार्वजनिक यातायात चढ्दा, भीडभाँडमा जाँदा पञ्जा तथा मास्क लगाउने
– मदिरा सेवनलाई सिमित गर्ने
– धूम्रपान नगर्ने
– गुलियो पेय पदार्थ नपिउने
– शारीरिक व्यायम गर्ने
– मानसिक स्वास्थ्यमा ख्याल गर्ने