डलर मजबुत भएपनि तेलको मूल्य घटेकाले नेपाललाइ असर नगर्ने

0
Shares

धितोपत्र बजार, कमोडिटी मार्केट लगायतका क्षेत्रमा लगानी गर्ने लगानीकर्ता जोखिम कम गर्नका लागि अमेरिकी डलरमा लगानी वढाउन थालेका छन । विश्वभरीनै डलरको प्रतिको जनविश्वास उच्च भएका कारण जोखिम वढेको अवस्थामा लगानीकर्ता डलर खरिद तर्फ लग्छन ।

तेलको मूल्य घट्नु तथा कमोडीटी कार्मेटका लगानीकर्ताले जोखिम न्यूनीकरणका लागि डलर खरिद गर्दा हालसम्मकै बलीयो भएको हो । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले अमेरिकी डलर बलीयो हुदाँ नेपाली अर्थतन्त्रमा नकारात्मक असर हुने गर्छ । तर, तेलको मूल्य घटेको हुनाले नेपालले धेरै आयत गर्ने भनेको इन्धन हो । त्यसले गर्दा सकारात्मक नै रहने अर्थशास्त्रीहरु बताउछन । 

बुधबार अमेरिकी डलरका सामुन्ने नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा रहेको छ । अमेरिकी एक डलरको खरिद दर १२१.२३ रुपैयाँ र बिक्री दर १२१ रुपैयाँ ८३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

विश्व कमोडिटी मार्केटका लगानीकर्ताले फैलिदो कोरोना भइरसका कारण त्रसीत लगानीकर्ताले जोखिम न्यूनकीकरण गर्न अन्य वित्तीय उपकरणको खोजी गर्दा डलर छनोटमा परेको हो । पछिल्ला दिनहरुमा प्रति ब्यारेल २९ डलर कायम भएको छ । तेलको मूल्य घटेको हुनाले डलर मजबुत भएपनि नेपाललाइ असर नगर्ने नेपाल राष्ट्र बैंकको प्रबक्ता डा. गुणकर भट्टले बताए । अमेरिकी फेडरल रिजर्भ बैंकले व्याजदर घटाएर करिब शुन्यमा ल्याएको भएपनि डलर बलीयो हुनु भनेको लगानीकर्ताको डलर प्रतिको विश्वास हो ।

अहिलेको समयमा अन्तरष्ट्रिय रुपमा आवत जावत बन्द भएको हुनाले सर्वसाधारणका लागि डलर आवश्यक नदेखिए पनि आयात गर्दा विदेशी मुद्रा खर्च हुने भएको राष्ट्रिय खर्चमा डलर आवश्यक पर्छ । त्यसैगरी कोरानाका कारण औषधिजन्य आयतका लागि समेत डलर खर्चनु पर्ने नेपाललाइ नोक्सानी पनि हुन सक्ने देखिन्छ । तर, नेपालको अधिकासं व्यापार भारतसंग भएको हुनाले असर भएपनि कम पर्ने देखिन्छ ।

कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलने क्रम वढेसंगै डलर मजबुत हुदै आएको छ । त्यसैगरी रसिया र साउदि अरेवियाको तेल युद्धले पनि डलर बलीयो हुनुमा थप मद्दत गरेको हो । तर, तेलको मूल्यमा आएको गिरावट अल्पकाली मियमा लागि भएको खण्डमा महंगी वढ्ने जोखिम रहन्छ । नेपाले विभिन्न १६३ बस्तुहरु आयात गर्दा अमेरीकी डलरमा खरिद गर्नु पर्ने हुन्छ । त्यसका साथै पेट्रोलियम पदार्थ पूर्ण रुपमा आयातमा निर्भर छ ।

प्रकाशित मिति: १२ चैत २०७६, बुधबार  १३ : ३५ बजे