कोरोना संक्रमण रोकथामका लागि कुन ब्रोकरले कति गरे सहायता घोषणा ?


कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको केन्द्रीय कोषमा रकम जम्मा गर्नेहरुको संख्या बढ्दै गएको छ ।

बुधबार मात्र सिद्धार्थ क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कोषमा २ लाख ५१ हजार रुपैंया रकम जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

यसै क्रममा शेयर ब्रोकरहरुले पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोषमा रकम जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • कुन ब्रोकरले कतिरको गरे प्रतिबद्धता ?

स्टक ब्रोकर नम्बर ४, ओपल सेक्युरिटिजका तर्फबाट प्रबन्धक सुमन गौतमले १ लाख १५ हजार रुपैंया कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर नम्बर २९, त्रिशुल सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक नवराज सुवेदीले कोषमा ५० हजार रुपैंया जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर नम्बर ३४, भिजन सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक राजकुमार तिमिल्सिनाले कोषमा १ लाख ११ हजार १११ रुपैंया जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक एवं स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले १ लाख ११ हजार १११ रुपैंया कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर नम्बर ४९, अनलाइन सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक अनन्त पौडेलले १ लाख रुपैंया कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर नम्बर ५०, कृष्टल कञ्चनजंघा सेक्युरिटिजका तर्फबाट प्रबन्ध निर्देशक एवं स्टक ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले एक लाख रुपैंया कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले नोटबजारलाई दिएको जानकारी अनुसार स्टक ब्रोकर नम्बर ३७, स्वर्णलक्ष्मी सेक्युरिटिजले पनि कोषमा १ लाख ११ हजार १११ रुपैंया जम्मा गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसै गरि स्टक ब्रोकर नम्बर ४३, साउथ एशियन बुल्सले पनि १ लाख ११ हजार १११ रुपैंया तथा स्टक ब्रोकर नम्बर ५८, नासा सेक्युरिटिजले पनि १ लाख ११ हजार १११ रुपैंया कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको एशोसिएसन अध्यक्ष रानाभाटले जानकारी दिए ।

सिंहदरबार परिसरमा रहेको बाणिज्य बैंकमा कोषका नाममा १९६०००००११०१ नम्बरको खाता खोलेको छ ।