लक्ष्मी ग्रुपले कोरोना चेन क्लिनिक सञ्चालन गर्ने, कोषलाई एक करोड सहयोग


कोरोना भाइरस संक्रमण नियन्त्राणका लागि सरकारले स्थापना गरेको कोषमा लक्ष्मी ग्रुपले १ करोड रुपैंया जम्मा गर्ने भएको छ ।

बिश्वका बिभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढेको अवस्थालाई मध्यनजर गर्दै ग्रुपले उक्त रकम उपलब्ध गराउने भएको हो ।

यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंङ को लागि ँभखभच ऋष्लिष्अ हरु स्थापना गर्ने पहल शरु गरेको जनाएको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ भने हेल्थ एट होम प्रालिसँगको साझेदारीमा क्लिनिक स्थापना हुनेछ ।

उक्त क्लिनिकले पछिल्लो १४ दिनमा विदेशमा रहेर नेपाल आएकाहरु, कोभिड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्नेहरु, कोभिडको सम्भावित लक्षणहरु ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखिएकाहरु, संक्रमित भए भनेर चिन्तित हुनेहरु तथा परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि प्राथमिकतामा राख्ने बताइएको छ ।

यस्ता किलनिक को उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने बताइएको छ । यसले अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्ने विश्वास ग्रुपले लिएको छ ।

अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएकाले यस्तो अभियान थालिएको ग्रुपले जनाएको छ ।