चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन, पुर्नकर्जा बढाउन आग्रह

0
Shares

अर्थ मन्त्रालयले यहि चैत मसान्तमा बैंक वित्तीय, तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज तिर्नु नपर्ने व्यवस्था मिलाउन राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

अर्थमन्त्री संयोजक रहेको उच्च स्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको अवस्था ठप्प भएसँगै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेहरुका लागि सरकारले सहुलियत दिन बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म कर्जा असुली स्थगन गर्न निर्देशन दिएको हो ।

आगामी मंगलबार देखि शेयर बजार न्यूनतम समयका लागि खुल्ने

अर्थ मन्त्रालयको यो निर्देशन पश्चाात अब कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ ।

‘संक्रमणको अवधि तत्काल यकिन गर्न व्यवहारिक नभएकाले कोरोना प्रभावित व्यवसायहरुको सावा ब्याज असुली सम्बन्धी कार्य चैत्र मसान्तसम्मका लागि स्थगन गर्ने निर्देशनमा उल्लेख छ । तर, कुन कुन व्यवसाय तथा क्षेत्र कोरोना प्रभावित भन्ने खुलाइएको छैन।

साथै अर्थमन्त्रालयले उक्त अवधिमा प्रवाह भएको कर्जाको बर्गीकरण तथा नउठेको खराब कर्जा बापत गर्नुपर्ने व्यवस्था पनि स्थगन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

नोटहरुलाई संक्रमण रहित गरेर मात्र प्रयोगमा ल्याउन निर्देशन

यसैगरी, वित्तीय प्रणालीमा तरलता अभाव हुन नदिन अर्थमन्त्रालयले भुक्तानी गर्न बाकी रकम भुक्तानी गर्न, बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह कार्यलाई सहज बनाउन, पुनर्कर्जा कोषको उपयोग गर्न पनि आग्रह गरेको छ।

यस्तै, सहुलियतपूर्ण ऋण प्रवाहलाई सहज बनाउन, कर्जा पहुाच बढाउन पनि निर्देशन दिइएको छ। बैंक तथा वित्तीय संस्थाले नगद रहित कारोबारलाई प्रोत्साहित गर्न विद्युतीय उपकरण प्रयोग गर्दा भुक्तानी गर्नु पर्ने शुल्कमा छुट दिन तथा न्यूनतम शुल्क लिन पनि अर्थले निर्देशन दिएको छ।