सरकार चिकित्सकहरुकै साथमा रहेकाले चिन्तित नहुन प्रधानमन्त्रीको आग्रह

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरु स्वास्थ्यकर्मीहरुलाई चिन्तित नहुन आग्रह गर्नुभएको छ।

बिहीबार ट्वीट गर्दै प्रधानमन्त्रीले कोभिड १९ मानवीय संकटमा एकजुट भएर सामना गर्न आग्रह गर्नुभएको छ। उहाँले देशभित्र रहेको मौज्दात सामाग्रीहरुको अधिक भन्दा अधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन आग्रह गर्नुभएको छ।

सरकार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकै साथमा रहेको भन्दै उहाँले सिफारिस अनुसारको थप सामाग्री उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै धैर्यता अपनाएर सेवामा जुट्न आह्वान गर्नुभएको छ।