बिराटनगरको नोबेल अस्पतालले पनि कोरोना संक्रमणको उपचार गर्ने


विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीलाई उपचार सेवा दिनका लागि उपचार केन्द्र बनाउने भएको छ ।

अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म सञ्चालन गर्ने अस्ताल तयार रहेको बताएका छन् ।

यसबाट १ नम्बर प्रदेशका बिरामीलाई सहज रुपमा संक्रमणको उपचार सेवा उपलब्ध हुने विश्वास अस्पतालले लिएको छ । व्यवसायीका नाताले मुलुकलाई परेको समस्याका बेला सहयोगी भुमिका निर्वाह गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैय्या छन् ।