आइएमई पेले वालेटमा रकम जम्मा गर्नेलाई व्याज दिने


आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले प्रयोगकर्ताहरुलाई वालेटमा रकम सञ्चित गर्दा व्याज दिने भएको छ ।

कोरोना भाइरसको जोखिमका बिच मुलुक लक डाउनमा रहेको अवस्थामा विद्युतीय भुक्तानी मार्फत वस्तु तथा सेवाको महसुल भुक्तानी गर्न पनि आईउमई पेले आग्रह गरेको छ ।

यसै सन्दर्भमा आईएमई पेले ‘चार गुण सशक्त’ नाम दिइएको नयाँ योजना अघि सारेको हो । जस अनुसार वालेटको ब्यालेन्समा ४ प्रतिशत ब्याजदरको सुविधा दिइने विज्ञप्तिमा उल्लेख छ । वालेटमा कम्तीमा एक हजार रुपैंया ब्यालेन्स हुनेहरुलाई त्रैमासिक रुपमा भुक्तानी हुने गरि ४ प्रतिशत ब्याज दिइने बताइएको छ ।

सेवाग्राहीहरुले विदेशबाट पठाएको रकम आइएमई पे एपभित्र रहेको रेमिटान्स सेक्सनमा गएर वालेटमा रकम तान्न सक्नुका साथै देशभरिका २५ हजारभन्दा बढी आइएमईका एजेन्टहरुबाट पनि वालेटमा रकम राख्न सकिने बताइएको छ । यसका अतिरिक्त ग्लोबल आइएमई बैक लगायत अन्य विभिन्न बैंकहरुबाट पनि वालेटमा सिधै रकम राख्न सकिन्छ ।

मोबाइल टपअप गर्दा ५ प्रतिशत क्यासब्याक उपलब्ध हुनेछ । यो योजना अनुसार, आइएमई पे वालेट प्रयोग गरि सेवाग्राहीहरूले नेपाल टेलिकम, एनसेल वा स्मार्ट सेलको टप–अप अर्थात् रिचार्ज गर्दा टेलिकम कम्पनीले दिने सुविधाका अतिरिक्त आइएमई पेले थप ५ प्रतिशत क्यसब्यक प्रदान गर्ने छ्र । हाल नेपाल टेलिकमले १ सय प्रतिशत टक–टाइम बोनस र एनसेलले ५० प्रतिशत टक–टाइम बोनस प्रदान गरिरहेका छन् ।