कोरोना नियन्त्रणका लागि सनराइज बैंकले प्रहरी अस्पताललाई दियो पीपीई उपकरण


कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सनराइज बैंकले नेपाल प्रहरी अस्पताललाई सुरक्षात्मक उपकरणहरु हस्तान्तरण गरेको छ ।

मुलुकलाई परेको अफ्टेरोमा सबैले आआफ्नो स्थानबाट सहयोग गर्नु पर्ने भन्दै बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत डाक्टर तथा अन्य कर्मचारीहरुलाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) उपलब्ध गराएको हो ।

यसले अस्पतालका डाक्टर तथा अन्य कर्मचारीहरुलाई कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न थप मद्घत पुग्ने विश्वास बैंकले लिएको छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा एक कार्यक्रमका बिच शुक्रबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई पीपीई उपकरण हस्तान्तरण गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि देशका विभिन्न समाजिक कार्यमा हातेमालो गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले बताएका थिए भने प्रहरी महानिरीक्षक ज्ञवालीले बैंकको सहयोगले अस्ताललाई ठुलो राहत पुग्ने बताएका थिए ।