आर्थिक अभाव हुन नदिन अमेरिकाले नागरिकलाई चेक वितरण गर्ने


कोरोना भाइरसका कारण नागरिकको जनजीवन अस्तव्यस्त भए पछि अमेरिकी सरकारले नागरिकलाई चेक वितरण गर्ने भएको छ ।

गत वर्षको कर दाखिलाको आधारमा वार्षिक ७५ हजार डलरसम्म आम्दानी गर्ने व्यक्तिले एक हजार दुई सय डलरको राहत चेक पाउने बताइएको छ । दम्पतीको हकमा एक लाख ५० लाख डलरसम्मको आम्दानी गर्नेले दुई हजार चार सय डलर बराबरको चेक प्राप्त गर्नेछन् ।

परिवारको हरेक बाल बच्चाका लागि ५ सय डलर छुटट्याइएको छ ।