नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सले म्याचुरिटी क्लेम (Maturity Claim) र क्लेम इन्टिमेशन (Claim Intimation) अनलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै इन्स्योरेन्सले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

म्याचुरिटी क्लेम सेवा मार्फत आप्mना बीमितहरुले बीमा लेख समाप्त हुने समयावधीको जानकारी लिन सक्नेछन् । यस सेवामा बीमालेख समाप्त हुने चरणमा पुगेका बीमितहरुले आफ्नो बीमा लेखको म्याचुरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्नेछन् । जस अनुसार कम्पनीका कर्मचारीहरुबाट म्याचुरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने कम्पनीले जनाएको छ ।

त्यसैगरी क्लेम इन्टिमेशन सेवा अन्तर्गत दाबीकर्ताहरुले घरमै बसेर अनलाईन मार्फत नेपाल लाइफको वेबसाइटमा दाबी सम्बन्धी जानकारी दिन सक्नेछन् । जसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाडि बढाउनेछन् ।

नेपाल लाइफले सेवाग्राहीलाई जस्तोसुकै विषम परिस्थितिमा पनि उत्कृष्ट सेवा दिन तथा चुस्त दुरुस्त बनाउनका लागि आवश्यक प्रविधिको प्रयोग गर्दै अनलाइन सेवालाई समय सापेक्ष अझ परिस्कृत गर्दै लगेको छ । जस अन्तर्गत बीमितहरुको काम कारवाही बिना रोकावट अघि बढाउन यो सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा समय सापेक्ष आफ्ना सेवाहरु अझ परिस्कृत तथा प्रभावकारी ढंगले अगाडि बढाउँदै लैजाने प्रतिवद्धता कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आफ्ना अभिकर्ता तथा सेवाग्राहीहरुको काम कारवाहीमा कुनै कमी हुन नदिन कम्पनीले यस विषम परिस्थितिमा भर्चुअल अफिसको रुपमा घरैबाट सेवा प्रवाह गर्नको लागि कर्मचारीहरु अनलाइन मार्फत सेवा दिइरहेका छन् ।

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख, शाखा/उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

इन्स्योरेन्सको प्रिमियम इ सेवा, प्रभु पे र नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत अनलाईन भुक्तानी गर्न सकिने कम्पनीले जानकारी गराएको छ ।लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने भएको छ।