शेयर कारोबार थप एक साताका लागि बन्द राख्ने नेप्सेको निर्णय


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक साताका लागि शेयर बजार बन्द राख्ने निर्णय गरेको छ ।

नेपाल धितोपत्र धितोपत्र बोर्डले विषम परिस्थितीमा विद्यमान कानुनको परिधिमा रहेर उचित निर्णय लिन नेप्सेलाई पत्राचार गरेसँगै नेप्सेले बजार अझै एक साताका लागि नखुलाउने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका सहायक प्रबन्धक निरञ्जन फुयाँलका अनुसार अहिलेको परिस्थितीमा बजार सञ्चालन गर्न नसकिने भएकाले धितोपत्र सूचीकरण तथा कारोबार नियमावलीले गरेको व्यवस्था अनुसार कारोबार स्थगनको निर्णय भएको हो ।