गुडविल फाइनान्सले कहाँ कहाँबाट दिँदैछ सेवा ?


कोरोना भाइरसकाको संक्रमणलाई ध्यानमा राख्दै लकडाउन घोषणा भएको अवस्थामा गुडविल फाइनान्सले आफ्ना केही शाखाबाट वित्तीय सेवा उपलब्ध गराउने भएको छ ।

फाइनान्सले दिएको जानकारी अनुसार फाइनान्सको केन्द्रीय कायालाय, हात्तीसारमा आइतबारदेखि शुक्रबारसम्म १० बजेदेखि १ बजेसम्म काउण्टर खुल्ला हुनेछ ।

भक्तपुर शाखा आइतबारदेखि शुक्रबारसम्म खुल्ला हुनेछ भने इन्द्रचोक शाखा सोमबार र बिहीबार, डिल्लीबजार शाखा आइतबार र बुधबार, कुमारीपाटी मंगलबार र शुक्रबार खुल्ला हुने फाइनान्सले जनाएको छ ।

त्यसैगरि त्रिपुरेश्वर, नेपालगञ्ज र बर्दिबास शाखा मंगलबार मात्र खुल्ला हुनेछ भने सर्लाहीको नवलपुर शाखा बुधबार मात्र खुल्ला हुनेछ ।

बिर्तामोड शाखा सोमबार, बुधबार र शुक्रबार खु्ल्ला हुनेछ भने घोराही शाखा आइतबार, मंगलबार र बिहीबार, बुटवल शाखा मंगलबार र बिहीबार र इटहरु शाखा आइतबार, मंगलबार र बिहीबार खुल्ला हुनेछ ।

इलाम शाखा र फिदिम शाखा आइतबारदेखि शुक्रबारसम्म नै खुल्ला रहने जनाएको फाइनान्सले धनगढी शाखा तत्काल सञ्चालनमा नरहने जनाएको छ ।