स्वास्थ्य सामग्री लिएर उडेको केही बेरमै सेनाको स्काइ ट्रक फिर्ता


स्वास्थ्य सामाग्री लिएर उडेको केही बेरमा नेपाली सेनाको स्काई ट्रक फिर्ता आएको छ ।

सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा स्वास्थ्य सामग्री लिएर सेनाको स्काइ ट्रक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए ।

चीनबाट ल्याएको स्वास्थ्य सामाग्री लिएर उडेका नेपाली सेनाको स्काई ट्रकमा अनौठौ गन्ध आएको भन्दै बीचबाटै फर्काइएको हो ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गर्दै भने, ‘गन्ध आयो भनेर बीचबाट स्काई ट्रक फर्किएको हो । त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो । अब धनगढी जाने पनि पनि उड्न तयार छ ।’

उनका अनुसार स्काई ट्रकमा लोड गरिएको स्यानिटाइजको प्याकमा लिकेजका कारण गन्ध आएको हो ।