महालक्ष्मी लाइफका भट्टराईले कोरोना नियन्त्रण गर्न २ महिनाको तलब दिने


महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई महिनाको तलब भत्ता जम्मा गर्ने घोषणा गरेका छन् ।

विश्वमा महामारीका रुपमा फैलिरहेको भाइरसका कारण देश लकडाउनको अवस्थामा रहेको बताउँदै उनले सहयोगी हातहरु अघि बढाउने क्रममा आफुले सहयोग गर्ने बताएका छन् ।

विश्वव्यापी संकटको अवस्थामा नेपालीहरुको रक्षाका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्न लागेको बताएका भट्टराईले संकटको घडीमा सरकार एक्लैको स्रोत तथा साधनले धान्न असम्भव हुने भन्दै सहयोगका जरुरी रहेको बताएका छन् ।