कोरोना रोकथाममा २२ वाणिज्य बैंकको २५ करोड लगानी


विश्वमा तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई मुलुक भित्र नियन्त्रण गर्नका लागि २२ वाणिज्य बैंकहरुले योगदान गरेका छन ।

सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैंया रकम जम्मा गराउने क्रम चलिरहेको छ । केहीले प्रधानमन्त्री कार्यालयमा चेक हस्तान्तरढण् गरेका छन भने केही बैंकले आज भोलि नै रकम जम्मा गराउँदै छन् ।

केही बैंकले संघीय सरकारका साथै प्रदेश सरकारका लागि पनि सहयोग रकम छुट्याएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट बैंकिङ क्षेत्र पनि प्रभावित भएको बताउँदे बैंकहरुले सरकारको कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

सहयोग रकम घोषणा गर्ने बैंकको सूचीः