‘कारोना संक्रमण नियन्त्रणमा नेपाल लाइफको १ करोड सहयोग


नेपाल लाइफ इन्स्योरेन्सले कोरोना रोकथामका लागि सरकारलाई १ करोड रुपैंया सहयोग उपलब्ध गराउने भएको छ ।

नेपाल लाइफ सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा १ करोड रुपैंया सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको छ ।

यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास नेपाल लाइफले लिएको छ ।