पुनर्बीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने, सबैलाई कम्तीमा ४० कित्ता शेयर


नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयर बुधबार बाँडफाँड हुने भएको छ ।

मन्त्री परिषद बैठकले लकडाउनको अवधि एक साताका लागि थप गरे पछि कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङले बुधबार बिहान शेयर बाँडफाँड गर्ने निर्णय गरेको हो ।

आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले नोटबजारसँग कुरा गर्दै भने, ‘हामीले बुधबार बिहान साढे सात बजे टेकुस्थित कार्यालयमा शेयर बाँडफाँड गर्ने निर्णय गरेका छौं । सबै आवेदकलाई न्युनतम सबैलाई कम्तीमा ४० कित्ता शेयर पर्ने अवस्था देखिएको छ । रद्ध भएका आवेदन बाहेकलाई शेयर बाँडफाँड प्रकृयामा लैजाँदा धेरै आवेदकले थप १० कित्ता शेयर पाउने तथ्यांकले देखाएको छ ।’

कम्पनीले चैत ४ गतेदेखि प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुने१ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो ।