पुनर्बीमा कम्पनीको आईपीओ बाँडफाँडको मोडल यस्तो छ


बुधबार बाँडफाँड भएको पुनर्बीमा कम्पनीको आईपीओ बितरणको तालिका यस्तो छ ।

जहाँ ३ लाख ९० हजार ६ सय ३८ आवेदकले कम्पनीको शेयर पाएका छन् । आईपिओमा कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आवेदन परेकोमा ९ सय ८८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

सदर भएको ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफांड गरिएको हो ।

जस अनुसार १० कित्तादेखि ४० कित्तासम्म आवेदन गर्ने सबैले मागेजति शेयर पाएका छन् । २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर माग गरेका थिए । उनीहरु सबैले मागेजति शेयर पाएका छन् ।

यस्तै ५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका छन् । सोहीमध्ये गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएका छन् ।

पुनर्बीमा कम्पनीको आईपीओ नतिजा नोट बजारमा यसरी हेर्नुहोस्

शेयर बाँडफाँडको मोडल यस्तो छः

 

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकिएको छ । बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको हो ।

हाल यस कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्री तथा वितरणपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुँदैछ ।