लकडाउनमा पनि सेवामा क्लासिक टेक: सुरक्षा सहितको कोभिड १९ फाइबर टाक्स फोर्स परिचालन

0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक ले कोरोना संक्रमणका कारण देश पुरे लकडाउन भएको चुनौतिपूर्ण घडिमा पनि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्नको निम्ति बिशेष सावधानी अपनाएर सेवा दिने जानकारी गराएको छ।

कम्पनीले इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्नका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध सहित कोभिड १९ फाइबर टाक्स फोर्स ९ऋइख्क्ष्म्(ज्ञढ ँष्दभच त्बकप ँयचअभ० गठन गरेको छ।

लकडाउनको समयमा विभिन्न ठूला लगायत प्राय सबै कम्पनी/कार्यालयहरुले घरै बसेर काम गरिरहेका र आमजनताका जीवनमा पनि दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायत अन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट सेवाको महत्व बढी हुने भएकाले कम्पनीले आफ्नो सेवालाई प्रभावकारी बनाउन उक्त टाक्स फोर्स गठन गरेको हो।

अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ।

कोभिड १९ फाइबर टाक्स फोर्स ले अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको क्लासिक टेकले जनाएको छ ।

टाक्स फोर्सको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ। साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारेपनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ।

महामारीबाट आफ्ना कोभिड १९ फाइबर टाक्स फोर्स स्टाफ कर्मचारी तथा उनीहरुका परिवार जन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्यनजर गरी क्लासिक टेकले कार्यालयहरुमा नै कोभिड १९ फाइबर टाक्स फोर्स लागि खाने बस्ने व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवा प्रवाह गराउँदै आएको समेत जनाएको छ।