सिद्धार्थ बैंकद्धारा १७ स्थानीय राहत कोषमा आर्थिक सहयोग

0
Shares

सिद्धार्थ बैंक लिमिटेड (SBL) ले १७ वटा गाउँपालिका तथा नगरपालिकाका शाखाहरु मार्फत ३० हजारको दरले स्थानीय तह राहत कोषमा ५ लाख १० हजार सहयोग गरेको छ।

बैंकले कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै अक्रान्त बनेको यस घडिमा आफनो सहयोगी हातहरुलाई अगाडि बढाउदै दुर्गम क्षेत्रमा बसोबास गर्ने अति विपन्न तथा आर्थिक स्थिति कमजोर भएका दैनिक जीवनयापनमा नै कठिन हुने वर्गलाई तत्काल राहत हुने गरी सहयोग गरेको जनाएको छ।

यस सहयोगबाट आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउने विश्वास बंैकले लिएको छ । उक्त रकम बैंकका निम्न शाखाहरु मार्फत प्रदान गरिएको हो:

१. विनयी त्रिवेणी, नवलपुर
२. रामगोपालपुर, महोत्तरी
३. आमचोक, भोजपुर
४. गढी, सुनसरी
५. रोशी, काभ्रे
६. मर्चवारी, रुपन्देही
७. गोकुलगंगा, रामेछाप
८. देवघाट, तनहुँ
९. मकालु, संखुवासभा
१०. गोलन्जोर, सिन्धुली
११. आदर्श कोटवाल, बारा
१२. यसोधरा, कपिलवस्तु
१३. माधवनारायण, रौतहट
१४. देवताल, बारा
१५. पुथा उत्तरगंगा, पूर्वी रुकुम
१६. बहुदरमाई, पर्सा
१७. वुढीगंगा, बाजुरा

सिद्धार्थ बैंकले यसअघि  प्रत्येक प्रदेश सरकारको कोरोना राहत कोषमा १० लाखको दरले ७० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ ।
देशमा यस्ता किसिमको संकट आएको बेलामा सिद्धार्थ बैंक सदैव नेपाल सरकार तथा नेपाली जनताको साथमा रही आएको छ र विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पुर्ण रुपमा पालना गर्दै बैंकले लकडाउनको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको छ भने विश्वमा देखिएको यस बिशम परिस्थितसँग सामना गर्न सम्भव भएसम्म घरैमा बसी प्रविधि मैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरु समक्ष आग्रह बंैकले गरको छ ।