गुगल र एप्पलले संयुक्त रुपमा कोभिड-१९ पहिचान सिस्टम निमार्ण गर्ने

0
Shares

सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएका विश्वका चर्चित २ ठूला कम्पनी गुगल र एप्पलले कोरोना भाइरसको पहिचान गर्ने सिस्टम संयुक्त रुपमा निमार्ण गर्ने भएका छन् ।

यी दुइ कम्पनीले निमार्ण गर्ने कोभिड १९ ट्रयाकीङ सिस्टम एनरोइड र आइओएस डिभाइसमा सर्पोट गर्ने खालको हुनेछ । प्रविधि क्षेत्रमा काम गर्दै आएका यी दुइ कम्पनी एक अर्काको प्रतिस्पर्धि भएपनि विश्वमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणका लागि एक भएर काम गर्ने भएका हुन ।

यी कम्पनीहरुले विकास गर्ने कोरोना भाइरस पहिचान प्रणालीको गोपनियता संरक्षण गर्दै आगामी केही दिनमा एनरोइड र आइओएस दुबै खालका डिभाइसमा प्रयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । यसमा कन्ट्राक्ट ट्रेसिङ र यूजर प्राइभेसी गरी दुइ मूख्य शब्दावली हुनेछ । परम्परागत भन्दा पनि प्रविधिमा आधारीत कोरोना भाइरस ट्रयाकीङ विधिमा एप, ब्लुतुथको माध्यमवाट पुर्ण रुपमा अज्ञात दृष्टिकोण मार्फत विकास गर्न लागेको हो ।

गुगल र एप्पलले ब्लुतुथ प्रविधिको माध्यामवाट कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकार तथा स्वास्थ संस्थालाई सहयोग गर्ने उद्देश्यले संयुक्त रुपमा काम गर्न लागेको बताएका छन । यसरी विकास गरीएको प्रविधिमा यूजर गोपनीयता र सुरक्षाका सन्दर्भमा मुख्य ध्यान दिइने डिजाइन गरीनेछ । दुबै कम्पनीको संयूक्त बक्तव्य अनुसार तत्कालको आवश्यकतालाइ ध्यानमा राख्दै यस योजनाले दुइ चरणमा समस्याको समाधान गर्ने उपायहरु कार्यान्वयन गर्ने छ, यसमा प्रयोगकर्ताको गोपनियतालाइ विषेश सुरक्षामा राखेर काम गर्नु पर्ने हून्छ ।

कन्ट्रयक्ट टे«सिङले कोरोना भाइरस फैलनवाट नियन्त्रण गर्न मद्दत गर्छ । यसलाइ प्रयोगकर्ताको गोपनियतालाइ सम्झौता नगरी पनि गर्न सकिन्छ । हामीले अहिले सम्बन्धित संस्थाहरुसंग काम गरीरहेका छौ । यसले ब्लुतुथको माध्याववाट हुने यो प्रविधिको कामले पारदर्शिता र सहमतीलाइ पनि उत्तीकै सम्मान गर्छ ।

यो सिस्टमले छोटो दुरीको ब्लुतुथ मार्फत लो इनर्जी प्रसारण गर्ने खालको उपकरण हुनेछ । यो एप सम्बन्धित स्वस्थ निकायहरुवाट स्विकृत हुनु पर्नछ । यसले हटस्पट मार्फत बरीपरी कोरोना भाइरस भए नभएको पत्ता लगाउने छ । यसले अन्य मानिसलाइ कोरोना भाइसर लागेको व्यक्तिवाट पनि टाढा राख्न मद्दत गर्नेछ । यसमा पनि कोरोना पत्ता लगाउने अन्य साधानहरुमा जस्तै बेल र ह्विसेलको प्रयोग हुनेछ । तुलनात्मक रुपमा प्रयोगकर्ताको गोपनियता भने विषेश महत्व दिइनेछ । किनेभने यो जिपिएमा आधारीत नभै ब्लेटुथ प्रविधिमा आधारीत हुने छ ।

फैलदो कोरोना भाइरस नियन्त्रण गर्नका लागि गुगल र एप्पलले संयुक्त रुपमा कन्ट्रयक्ट ट्रेसिङ अप्रोचको डिजाइन गर्ने काम भैरहेको छ । यसमा प्रयोगकर्ताको गोपनियतालाइ विषेश ध्यानमा राखेर सरक्षित गरीने गरी काम भैरहेको छ । यसमा हामी र टिम कुक काम गर्ने विषयमा प्रतिवद्ध छौ ।

यद्यपी केही डाटा भने स्विकृत प्राप्त एपहरुमा सेयर गर्न सकिनेछ । अज्ञाततवरवाट दिइने कोरोनाको जानकारीका लागि हरेक १५ मिनेटमा रिफ्रेस गरीरहनु पर्नेछ । यसका लागि डिभाइसको डाटा भने अफ गर्नु हुदैन । यो आगामी मे महिनामा सुरु हुनेछ ।