connect IPS बाट घरमै बसेर रकम भुक्तान गर्न सकिने ४८ बैंक कुन कुन हुन् ?


कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ । यो अवस्थामा भौतिक रुपमा बैंक तथा वित्तीय संस्था पुगेर रकम झिक्ने तथा अन्य किसिमका सेवाको महशुल तिर्ने जस्ता काम गर्न परिस्थिती असहज छ ।

यो अवस्थामा नेपाल राष्ट्र बैंकका साथै बैंक वित्तीय संस्थाहरुको स्वामित्वमा रहेको नेपाल क्लियरिङ हाउसले सञ्चालन गरिरहेको कनेक्ट आईपीएस प्रणाली सबै सेवाग्राहीका लागि उत्तम विकल्प बन्न सक्छ ।

२५ वाणिज्य बैंक, १५ वटा विकास बैंक र ८ वटा फाइनान्स कम्पनी क्लियरिङ हाउसको सदस्य छन् । अर्थात सबै सदस्य बैंकहरुका बिचमा अहिले बिना कुनै शुल्क रकम पठाउन र पाउन सकिन्छ ।

सामान्य अवस्थामा रकम पठाउँदा शुल्क लाग्दै आएको भए पनि अहिले लकडाउनको समयमा विद्युतीय रकमान्तर तथा भुक्तानीमा शुल्क नलिन नेपाल राष्ट्र बैंकले निर्देशन दिए पछि सेवा निशुल्क भएको हो ।

यो प्रणालीबाट रकम पठाउनका लागि भने केक्ट आईपीएसको प्रयोगकर्ता भएको हुनु पर्छ भने रकम कोही पनि बैंक खातावालाले सहजै पाउन सक्छन् । यो सेवा प्रयोग गर्नका लागि www.connectips.com मा गएर लगइनमा क्लिक गर्नु पर्ने हुन्छ ।

अन्तर बैंक विद्युतीय भुक्तानी माध्यमका आबद्ध बैंक तथा वित्तीय संस्थाहरुको सूची यस्तो छ:

वाणिज्य बैंकतर्फ

– कृषि विकास बैंक
– बैंक अफ काठमाण्डू
– सेञ्चुरी कमर्शियल बैंक
– सिटिजन्स बैंक
– सिभिल बैंक
– एभरेष्ट बैंक
– ग्लोबल आईएमई बैंक
– हिमालयन बैंक
– कुमारी बैंक
– लक्ष्मी बैंक
– माछापुछ्रे बैंक
– मेगा बैंक
– नबिल बैंक
– एनसीसी बैंक
– एनआईसी एशिया बैंक
– नेपाल बंगलादेश बैंक
– नेपाल बैंक
– नेपाल इन्भेष्टमेण्ट बैंक
– एनएमबी बैंक
– प्रभु बैंक
– प्राइम कमर्शियल बैंक
– सानिमा बैंक
– सिद्धार्थ बैंक
– सनराइज बैंक र
– राष्ट्रिय वाणिज्य बैंक

विकास बैंकतर्फ

– देवः विकास बैंक
– एक्सेल डेभलपमेण्ट बैंक
– गण्डकी विकास बैंक
– गरिमा विकास बैंक
– ग्रीन डेभलपमेण्ट बैंक
– कञ्चन डेभलपमेण्ट बैंक
– ज्योती विकास बैंक
-महालक्ष्मी विकास बैंक
– मितेरी डेभलपमेण्ट बैंक
– मुक्तिनाथ विकास बैंक
– कामना सेवा विकास बैंक
– लुम्बिनी विकास बैंक
– सप्तकोशी डेभलपमेण्ट बैंक
– सांग्रिला डेभलपमेण्ट बैंक
– साइन रेसुङ्गा डेभलपमेण्ट बैंक

फाइनान्सतर्फ

– सिटी एक्सप्रेस फाइनान्स
– गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स
– गोर्खाज फाइनान्स
– आईसीएफसी फाइनान्स
– मञ्जुश्री फाइनान्स
– प्रोग्रेसिभ फाइनान्स
– रिलायन्स फाइनान्स र युनाइटेड फाइनान्स

माथि उल्लेखित कुनै पनि वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीको बैंक खाताबाट अर्को बैंक वित्तीय संस्थामा रकमान्तर गर्न सकिन्छ ।