नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ %को बीचमा रहने विश्व बैंकको प्रक्षेपण

0
Shares

विश्व बैंकले चालू आर्थिक वर्षमा कोरोना भाइरस महामारी (कोभिड–१९) का कारणले नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ।

विश्व बैंकद्वारा आइतबार सार्वजनिक गरिएको ‘साउथ एसिया इकोनोमिक फोकस’मा यो वर्ष नेपालको आर्थिक वृद्धिदर कम्तिमा १.५ देखि २.८ प्रतिशतका बीचमा रहने उल्लेख छ ।

विश्व बैंकका अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर अझ बिग्रेर १.४ देखि २.९ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले सन २०२० का लागि गरेको प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)को अनुमानभन्दा निकै कम हो । एडीबीले भने यस वर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ देखि ५.३ प्रतिशतको बीचमा रहने बताएको छ । सन् २०२२ मा भने अर्थतन्त्रमा केही पुनर्बहाली भइ २.७ देखि ३.६ प्रतिशतका बीचमा रहने बैंकले जनाएको छ ।

रेमिट्यान्समा आउने कमी, महामारीका कारण सीमा क्षेत्रमा पुगेको अवरोध, व्यापारमा आउने संकुचन र अन्य आर्थिक गतिविधिमा पार्ने प्रभावका कारण नेपालको अर्थतन्त्र खुम्चने बैंकको भनाइ छ । बैंकले यस महामारीको कारण सेवा र औद्योगिक उत्पादनमा थप गिरावट वा संकुचन ल्याइ थप प्रभाव पार्ने बताएको छ।

कोभिड-१९ को संक्रमण रोकथाम र उपचारमा हुने खर्च, स्वास्थ्य सुविधा बढाउन हुने खर्च, उच्च तलबमान, सामाजिक सुरक्षाा र स्थानीय तहहरूले महामारी नियन्त्रणका लागि खर्च गर्नका लागि तिनलाई दिइने वित्तीय स्थानान्तरणका कारण बजेट घाटा वृद्धि भइ ७.३ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ । यता सुस्त आर्थिक वृद्धि र आयात संकुचन हुने कारणले सरकारको राजस्व भने संकुचित हुने बैंकले जनाएको छ ।

यसैगरि ढिला सुरु भएको मनसुन, किराहरुको प्रकोप, र नक्कली धानको बिउको कारण धानको उत्पादन १.१ प्रतिशतले घटेको जस्ता कृषि गतिविधि बढ्न नसक्दा अर्थतन्त्रमा असर पुग्ने बताइएको छ। त्यस्तै औद्योगिक मालवस्तुका न्यून आयात, दक्ष कामदारको अभाव, आपूर्तिको अवरोधका कारण आद्योगिक वृद्धिमा समेत असरपुग्ने जनाएको छ। नेपालको निमार्ण क्षेत्र भारतीय उत्पादनमा निर्भर रहेका कारण लकडाउनलेनिमार्ण क्षेत्र समेत प्रभावित हुने आंकलन गरिएको छ।

विश्व बैंकका अनुसार देशको चालु खाता घाटा १०.२ प्रतिशतले विस्तार हुने र सीमित स्रोत परिचालन क्षमताका कारण नेपालको खुद ऋण कुल गार्हस्थ्य उत्पादन (जिडीपी) को ३५ प्रतिशत पुग्ने बैंकको आंकलन छ। नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.१ प्रतिशतलाई आधार मान्दा लगातार दुई आर्थिक वर्षमा प्रतिव्यक्ति आयको वृद्धिमा कमी आउने उसले उल्लेख गरेको छ । 

यस्तै नेपालका पर्यटन र अन्य क्षेत्रमा प्रत्यक्ष संलग्न कामदार कोरोना महामारीका कारण प्रभावित हुँदा बेरोजगारी दरमा समेत वृद्धि हुने उल्लेख गरेको छ। बैंकले यस महामारीको कारण सेवा र औद्योगिक उत्पादनमा थप गिरावट वा आयात संकुचन हुने कारण थप प्रभाव पार्ने बताएको छ। यसले सरकारको राजस्व पनि संकुचित हुने बैंकले जनाएको छ ।

नेपालका पब्लिक बैंकहरु ग्रामीण क्षेत्रहरुमा रहेका कारण यसले वित्तीय समावेशीकरणतर्फ जानसक्ने सम्भावना औंल्याइएको छ। सारक्षरतादर कम भएका ठाउँहरुमा पनि बैंकहरु रहेका कारण ती स्थान (जिल्ला, प्रदेश) मा बैंकहरुले प्रदान गर्ने बैंकिङ्ग सेवाले कृषिमा सिर्जना हुनसक्ने रोजगारी निर्धारण हुने उल्लेख गरिएको छ।