पद्मश्रीबाट खोसिएको ‘माज्दा’ गाडीको डिलरशीप पारामाउण्ट मोटर्सलाई


पारामाउण्ट मोटर्स प्रालि जापानी कार निर्माता ‘माज्दा’को नेपालका लागि आधिकारीक बिक्रेता बनेको छ ।

जापानी कार निर्माता माज्दा मोटर इन्कर्पोरेशनका अनुसार पारामाउण्ट मोटर्सलाई नेपालको आधिकारिक बिक्रेता चयन गरिएको हो ।

नक्सालमा रहेको पारामाउण्ट मोटर्सले यस अघि नेपालमा एमजी ब्राण्डका कारको आधिकारिक रुपमा बिक्री बितरण गर्दै आएको छ । अब पारामाउण्ट मोटर्स माज्दाको पनि आधिकारिक बिक्रेता बनेको हो ।

पद्मश्री प्रलिसँग माज्दा ब्राण्डको कुनै आधिकारिकता नरहने पनि माज्दाले प्रष्ट पारेको छ । यस अघि पद्मश्री प्रालिले नेपालमा ‘माज्दा मोटर कर्पोरेशन’ ले उत्पादन गरेका ‘माज्दा’ ब्राण्डका कारहरुको बिक्री बितरण गर्दै आएको थियो । पद्मश्रीका सञ्चालक रोहिणी थपलिया वित्तीय रुपमा कमजोर बन्दै जाँदा बजारमा व्यवहार तथा कारोबारहरु बिग्रन थाले पछि माज्दाले पद्मश्रीलाई आधिकारिक बिक्रेताबाट हटाएको थियो ।

यस अघि …

राष्ट्रपतिको हेलिकप्टर भित्र्याउने रोहिणी थपलियासँग जापानी कार निर्माता ‘माज्दा’ले तोड्यो सहमति, नयाँ आधिकारिक बिक्रेता खोज्दै