सुदूरपश्चिम प्रदेशलाई भाटभटेनीको २५ लाख सहयोग

0
Shares

भाटभटेनी सुपर स्टोर प्रालिले कोभिड–१९ को परीक्षण तथा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

सङ्घीय सरकारबाट सो प्रदेशको समन्वयका लागि जिम्मेवारी पाएकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगर मार्फत प्रालिले सो रकम सहयोग गरेको हो ।

मन्त्री मगरलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आइतबार २५ लाखको चेक हस्तान्तरण गरेका हुन्। मन्त्री मगरले विषम परिस्थितिमा गरेको सहयोगका लागि प्रालिलाई धन्यवाद दिएकी छिन्।