कुमारी बैंक छाड्ने २८ जनाको नामावली यस्तो ‘राम्रालाई भन्दा हाम्रालाई प्राथमिकतामा राखे पछि छाड्यौं’


भन्छन्, ‘लकडाउनको बेलामा पनि अवकास तथा बरदुवारथमा बाध्य पारियो’

कुमारी बैंकबाट एकै पटक २ दर्जन बढी कर्मचारीहरु बाहिरिएका छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतहरु राजीव गिरी र उमेशसिंह भण्डारी सहित २८ जना उच्चपदस्थ कर्मचारीले बैशाख १ देखि लागू हुनेगरि कुमारी बैंक छाडेका हुन् ।

नोटबजारसँग कुरा गर्दै जागिर छाडेकाहरुमध्ये अधिकांसले ‘येस म्यान’ हरुलाई काखा लिने प्रवृत्ति बढेर गएका कारण बाध्य भएर बैंकबाट बाहिरिनु परेको बताएका छन् । जागरि छाडेका एक उच्च कर्मचारीले नोटबजारसँगको कुराकानीमा भने ‘क्षमतावानहरुलाई वाइपास गर्ने श्रृङ्खला बढेर गयो, हामी काम गर्ने मान्छे कहिल्यै पनि प्राथमिकतामा परेनौं । त्यसैले बाहिरिनु उचित देख्यौं ।’

बैंकले जागिर छाड्न चाहने कर्मचारीहरुलाई १५ दिनको म्याद राखेर भीएसआरको विकल्प दिएको थियो । ‘काम गर्ने समय हुँदा हुँदै पनि राम्रालाई छोडेर हाम्रालाई प्राथमिकतामा राख्ने क्रम तिब्र भएको अवस्थामा २ वर्षको तलबवापतको भीआरएस सहित हामी बाहिरिएका हौं ।’ अर्का एक कर्मचारीले नोटबजारसँग भने ।

‘लकडाउनको बेलामा पनि अवकास तथा बरदुवारथमा बाध्य पारियो । काम गर्ने अवधि हुँदा हुँद एकै पटक ठुलो संख्यामा उच्च पदका जनशक्तिलाई अवकास लिन बाध्य बनाइनुले पनि बैंक संस्थागत सुशासनको हिसाबले कमजोर अवस्थामा रहेको चित्रण गरेको छ ।’ अर्का एक उच्च कर्मचारीले नोटबजारसँग गुनासो गरे ।

दुई बर्षसम्म कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हालेक राजीव गिरीलाई बाइपास गर्दै सिद्धार्थ बैंकका सुरेन्द्र भण्डारीलाई प्रमुख कार्यकारीको जिम्मेवारी दिएसँगै बैंकमा असन्तुष्टि उत्पन्न भएको थियो । तत्कालिन काष्ठमण्डप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीलाई पनि बाइपास गर्दै सेञ्चुरी बैंकका अनुजमणि तिमिल्सिनालाई सहायक प्रमुख कार्यकारी अधिकृत बनाए पछि पुराना र नयाँ कर्मचारी व्यवस्थापनको विवाद चुलिएको थियो ।

एक उचच कर्मचारीले नोटबजारसँग भने, ‘हामी त काम गर्ने मानिस पर्यों, गुटबन्दी कहिल्यै जानिएन । संस्थाका लागि काम गरियो । तर पछिल्ला दिनहरुमा कुमारी बैंकमा हामीलाई पाखा लगाउँदै गुट बनाउने अभियानले तिब्रता पायो । बैंकलाई काम गर्ने मानिसको जरुरत नै नभएको महसुस हामीले गरेर नै बाहिरिने निर्णय गरेका हौं ।’

कुमारी बैंक छाड्नेहरुको सूची यस्तो छ

– राजीव गिरी, सहायक प्रमुख कार्यकारी अधिकृत
– उमेश सिंह भण्डारी, सहायक प्रमुख कार्यकारी अधिकृत
– अम्बिर मान सिंह, नायब महाप्रबन्धक
– नरेन्द्र छत्कुली, वरिष्ठ प्रबन्धक एवं कम्पनी सचिव
– राजेश श्रेष्ठ, वरिष्ठ प्रबन्धक एवं प्रमुख कार्यकारी अधिकृत, कुमारी क्यापिल
– बिनोद नरसिंह श्रेष्ठ, कामु वरिष्ठ प्रबन्धक
– विश्व रेग्मी, प्रबन्धक एवं रिटेल हेड
– रेना रिजाल, प्रबन्धक एवं डिपोजिट हेड
– निर्मल कुमार खतिवडा, प्रबन्धक एवं सञ्चालन जोखिम तथा अनुपालन प्रमुख
– सन्जिव सैंजु, प्रबन्धक एवं रिकभरी हेड
– नमिता शाक्य, नायब प्रबन्धक एवं अपरेशन हेड
– सिपा रेग्मी, नायब प्रबन्धक एवं कर्पोरेट कम्युनिकेशन हेड
– पंकज राणा, नायब प्रबन्धक एवं कार्ड डिपार्टमेण्ट हेड
– विश्वासराज अर्याल, नायब प्रबन्धक (कर्पोरेट आरएम)
– मननकृष्ण श्रेष्ठ, कामु नायब प्रबन्धक एवं शाखा प्रबन्धक, ठहिँटी)
– दिनेश निधी तिवारी, सहायक प्रबन्धक (रिकभरी)
– अभिषेक अधिकारी, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, भैरहवा
– जगत बहादुर थापा, सहायक प्रबन्धक एवं प्रबन्धक, बाँसगढी, बर्दिया
– कञ्चन शर्मा, सहायक प्रबन्धक एवं अपरेशन इन्चार्ज, पुतलीसडक
– खगेन्द्र सिग्देल, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, इटहरी
– निलम कुमार मास्के, सहायक प्रबन्धक
– सरीता दवाडी, सहायक प्रबन्धक एवं रिकन्सिलेशन हेड
– सुरेन्द्र लुनीया, सहायक प्रबन्धक एवं शाखा प्रबन्धक, जोरपाटी
– विष्णु प्रसाद खनाल, कामु सहायक प्रबन्धक, पाल्पा शाखा
– सुवास प्रसाद शर्मा, कामु वरिष्ठ अधिकृत, पाल्पा शाखा
– सुवास श्रेष्ठ, वरिष्ठ अधिकृत एवं शाखा प्रबन्धक बूढानिलकण्ड
– अनिल बज्रचार्य, वरिष्ठ अधिकृत, आरएम गोंगबु शाखा
– सुशीला तिवारी, वरिष्ठ अधिकृत