कोरोना रोकथाममा सिभिल बैंकका संचालक र कर्मचारीको सहयोग

0
Shares

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिभिन्न संघसंस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिरहेका छन्। कहिले आफैं प्रत्यक्ष सहभागी भएर सहयोग गरेका छन् भने केहिले सरकारले खडा गरेको कोरोना कोषमा रकम जम्मा गरेर सहयोग गरेका छन्।

आफुले गरेको सहयोगलाई केहिले मिडिया तथा सामाजिक संजालमार्फत प्रचार प्रसार गरेका छन् भने केहिले हल्लाखल्ला नगरी आफ्नो कर्त्यब्य निर्वाह गरेका छन्।

यहि क्रमलाई निरन्तरता दिंदै नयाँ पुस्ताको बैंक सिभिल बैंकले पनि कुनै प्रचार प्रसार बीनानै बिभिन्न सहयोग गरेको छ।

बैंकले कोरोना संक्रमणको रोकथामको लागि नेपाल सरकारद्वारा गरिएको प्रयासलाई साथ दिन ७८ लाख ५० हजार रुपैँया प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ७० लाख रुपैँया र बैंकको संचालक समितिको एक बैठकको भत्ता र कर्मचारीहरुको एक दिनको पारिश्रमिकको योगदानबाट संकलित रकम मध्येबाट ८ लाख ५० हजार रुपैया समेत गरी सो सहयोग रकम प्रदान गरेको हो।

सो रकम मध्येबाट ४३ लाख पचास हजार रुपैया नेपाल सरकारद्वारा खडा गरिएको ुकोरोना भाइरस संक्रमण रोकथाम, नियंत्रण तथा उपचार कोषुको खाता मा दाखिला गरिएको छ। त्यस्तै देशको सातै प्रदेश सरकारलाई प्रति प्रदेश ५ लाख रुपैँयाका दरले गरी जम्मा ३५ लाख रुपैँया प्रदान गरिने भएको छ।

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक परेको विभिन्न स्थानीय तहमा सोझै सहयोग प्रदान गरिने भएको छ । यो रकम समेत सिभिल बैंकले कोरोना भाइरसको संक्रमण रोकथाम, नियंत्रण तथा उपचारको लागि ८७ लाख योगदान गरेको छ ।