मेगा बैंक र मेरो किराना डटकमबीच सम्झौता, ग्राहकले १०% छुट पाउने

0
Shares

मेगा बैंक नेपाल लिमिटेड र मेरो किराना डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ।

बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले मेरो किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोबाटै आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

मेरो किराना डटकमले घरदैलोमै दैनिक उपभोग्य सामाग्रीहरु पुर्याउँदै आएको छ।

कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।