आईएमई लाइफको कोरोना कोषमा ७ लाख ५० हजार सहयोग

0
Shares

आईएमई. लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिश्वभर फैलिएको कोरोना भाईरस महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस बिरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कंम्पनीले गरेको छ ।

यस सहयोगका साथै यस कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालय मार्फत नेपालभरको बिभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पी.पी.इ. लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे कंम्पनीले जनाएको छ ।