गाडी कम्पनी फोर्डले सुरु गर्यो १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिता

0
Shares

गाडी कम्पनी फोर्डले ग्रुमिङ्गटेल्स्सँग सहकार्य गर्दै बालबालिकाहरुको लागि १०–दिने अन्तरक्रियात्मक अध्ययन प्रतियोगिताको शुरुवात गरेको छ ।

लकडाउनमा बालबालिकाहरुको समयलाई अझ रोमाञ्चक तथा सृजनात्मक बनाउनलाई यो प्रतियोगिता आयोजना गरिएको जनाइएको छ।

बालबालिकाहरुको लागि राम्रो शिक्षा तथा अन्तरक्रियात्मक अनुभव रहने यस प्रतिस्पर्धामा भाग लिई हरेक दिन दिइने चुनौती तथा कामहरु समाप्त पूरा गर्नुपर्नेछ ।

प्रतिस्पर्धाको १० औँ दिन बम्पर पुरस्कार विजेता घोषणा गरिने छ ।

उक्त बम्पर पुरस्कार सबैभन्दा बढी समर्पणका साथ सहभागी हुने प्रतिस्पर्धीलाई दिइने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगितामा भाग लिने तरिका तथा नियमहरु :-

१. बालबालिकाका अभिभावकहरुले आफ्नो फेसबुकको टाइमलाइनमा @fordnepal @groomingtales को साथ पोष्ट गर्न जरुरी छ। साथै यस पोष्टका साथ प्रतिस्पर्धा पोस्टमा आफ्नो कमेन्ट दिनुपर्ने हुन्छ ।

२. ह्यास्ट्याग #ford #fordnepal #groomingtales को प्रयोग गर्ने ।

३. आफ्नो फेसबुक सेटिङ्ग पब्लिकमा राख्नुहोला । (तपाईको फेसबुक एकाउन्ट सेटिङ्ग प्राइभेट रहेमा तपाईले ३ प्रयोग गरेतापनि पोष्ट प्राप्त नहुन सक्छ)

४. अरु १० अभिभावकहरुलाई ट्याग गरी पोष्ट गर्नुपर्नेछ ।

५. आफ्नो पेजमा प्रतिस्पर्धा पोष्ट गरेपछी तपाईलाई फोर्ड किन मन पर्ने एक कारण कमेन्ट सेक्सनमा अवश्य लेख्नुहोला ।

६. माथिका चरणहरु पुरा परेपछि मात्र तपाईको प्रतिस्पर्धामा प्रवेश आधिकारिक हुनेछ ।

७. प्रतिस्पर्धाका विजेता 4C– Creativity, Concept, Content, Clarity को आधारमा गरिनेछ।

८. प्रतिस्पर्धा अप्रिल १७ मा शुरु हुनेछ। हरेक दिनको चुनौती/प्रतियोगिता बिहान ६ बजे पोष्ट गरिने छ र प्रतिस्पर्धीहरुले उक्त प्रतियोगिताको सामाग्री सोही दिन राती १०ः०० बजेसम्म पोष्ट गर्नुपर्नेछ। उक्त दिनको विजेता भोलीपल्ट दिनको १२ बजे फोर्ड नेपाल फेसबुक पेजमा गरिने छ।