३५ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक


नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

ती वर्ष अवधिको सो ऋणपत्रको ब्याजदर पनि बोलकबोलका माध्यमबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

सरकारले विकास निमाणर््का काम गर्नका लागि पुँजी आवश्यक परेपछि विकास ऋणपत्रको माध्यवाट अन्तरीक ऋणको उठाउछ । यसरी सरकारको लागि आवश्यक ऋण उठाइदिने काम केन्द्रिय बैंकले गर्छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी र सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत सो ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले अर्धबार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन भने तिन वर्ष पनि सावाँ पाउनेछन ।

सो ऋणपत्र धितोमा राखेरसमेत कर्जा लिन वा दिनसमेत पाइनेछ । बोल कबोल आइतबार हुने छ भने अन्तिम निश्कासन सोमबार गरिनेछ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई निष्काशित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ । त्यो भनेको प्रतिस्पर्धीलाई २९ अर्ब ७५ करोड र अप्रतिस्पर्धीलाई पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालालाई समानुपातिकरुपमा उक्त ऋणपत्रको बाँडफाँट गरिने बैंकले जनाएको छ ।

यस्तै ब्याजदर र बाँडफाँड बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको ब्याजदरलाई एकल ब्याजदर कायम गरिनेछ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।