नेपाल एसबिआई बैंकद्वारा कोरोना रोकथामको लागि एक करोड सहयोग

0
Shares


नेपाल एसबिआई बैंक सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथामतथा नियन्त्रणका निम्ति कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोष र कोरोना बाट प्रभावितको सहयोगको लागिजम्मा१ करोड सहयोग गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको निर्णय अनुसारप्रदेश नं २ का मुख्यमन्त्रीलालबावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।

यस कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रतेक प्रदेश सरकारलाई रकम पाँचलाख र केन्द«ीय सरकारलाई पचास लाख अविलम्ब उपलब्ध गराइने बैंकले जनाएको छ। यसका साथै बाँकीको १५ लाख बैंकले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्नवर्ग अतिविपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको जनाएको छ ।

बैंकद्वारा यस्तै किसिमका सहायता सरकार, आवश्यक व्यक्ति तथा संस्थाहरुलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत उपलब्ध गराईरहेको जनाएको छ।