फागुनसम्म करिब ६ खर्ब रेमिट्यान्स भित्रियो, वृद्धिदर भने ह्वात्तै घट्यो

0
Shares

नेपाल राष्ट्र बेंकले सार्वजानिक गरेको आठौं महिनाको तथ्याङ्कमा नेपालमा वैदेशिक रोगजारी गएका नेपालली ५ खर्ब ९२ अर्ब ४२ रेमिट्यान्स पठाएको उल्लेख गरिएको छ। यो गत आवको यसै अवधिको तुलनामा १.८ प्रतिशतले धेरै हो।

देशभित्र आउने रेमिट्यान्स समग्र रकममा वृद्धि भएपनि गत आवको आठौं महिनाको तुलनामा यस्तो वृद्धिदर २१.६० प्रतिशतले खुम्चिएको हो। गत आवको फागुन मसान्तसम्ममा अघिल्लो आवको तुलनामा २३.४ प्रतिशतले रेमिट्यान्समा सुधार भएको थियो।

कोरोनाको असर आठौं महिनासम्म रेमिट्यान्समा नदेखिएपनि चैतदेखि भने रेमिट्यान्स आप्रवाह ठप्प भएकाले त्यसको सोझो असर विदेशी मुद्रा सञ्चितिमा देखिने निश्चित छ।

नेपालमा धेरै रेमिट्यान्स भित्रने कतार तथा खाडी मुलकमा रोगजाररत नेपालीहरुले कतिपयले तलब नै नपाउने अवस्था छ भने कतिपयलाई कतार सरकारले डिर्पोट समेत गरेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा पनि गिरावट देखिएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ११.७ प्रतिशतले बढेकोमा हाल १७ प्रतिशतको वृद्धिमा संकुचित बनेको छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ,।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो।

त्यसैगरी, यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ तर अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४।६ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब ८९ करोड कायम भएको छ। केन्द्रीय बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो।