लकडाउनमा रिचार्ज गर्न नपाएका ग्राहकलाई एनटीसीको निःशुल्क सेवा

0
Shares

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराइने भएको छ।

यस्ता झण्डै २ लाखभन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने अर्थमन्त्री खतिवडाका प्रेस संयोजक यमप्रसाद पौडेलले जानकारी दिए। यो सेवा आज राति १२ बजेबाट लागू हुनेछ।

ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गरिनेछ :-

१. निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने

२५ वटा अन–नेट एसएमएस
५० मिनेट अन–नेट भ्वाइस
१०० एमबी डाटा
प्याकेजको अवधि ७ दिनको हुनेछ।

२. सो प्याकेज आगामी २ दिनसम्म उपलब्ध गराइनेछ ।
३. सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने
४. सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने
५. सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने
६. सो प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई माथिको नियमअनुसार उपलब्ध गराइने