विदेशबाट रकम ल्याउँदा स्रोत नखोज्न र ५ लाख डलरसम्म शेयरमा लगानी गर्न पाउनुपर्ने माग

0
Shares

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालको पुँजी बजारमा लगानी गर्न पाउने व्यवस्था गर्न माग गरेको छ ।

परिसंघका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा बसेको बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्ष तथा संचालकहरुको बिस्तारिक बैैठकले कोरोनाको कारण नेपालको आर्थिक, सामाजिक, सांस्कृतिका लगायत सबै क्षेत्रमा गम्भीर असर पुगेको ठहर गर्दे सरकालाई ५ बुदे सुझाब दिएको छ ।

परिसंघले नेपाली नागरिक, गैरआवाशीय नेपाली, विदेशी नागरिक तथा संस्थाहरुले विदेशबाट ५ लाख अमेरिकी डलरसम्म रकम ल्याएर नेपालका मर्चेन्ट बैंकिङ वा क्यापिटल मर्चेन्ट कम्पनी मार्फत नेपालको पुँजी बजारमा लगानी गर्न चाहेमा त्यसो गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने सुझाब दिएको छ। यस्तो रकमको लकिङ पिरियड २ देखि ३ वर्ष कायम गरिनु उपयुक्त हुने संघको भनाई छ ।

यस्तै महिलाले १५ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्दा त्यसमा सम्पत्ति शुद्धीकरणका व्यवस्था आकर्षित नहुने, केवाईसीरकर चुक्ता समन्धी र सम्पत्तिको स्रोत खोज्ने अहिलेको व्यवस्था हटाउन भनेको छ । यस्तो व्यवस्था कार्यान्वयन गर्दा देशभर छरिएर रहेको रकम बैंक तथा वित्तीय संस्था मार्फत परिचालन हुने संघको विस्वास छ ।

साथै संघले नेपालमा कसैले पनि ५० लाख अमेरिकी डलरसम्म बैंकिङ प्रणाली मार्फत रकम ल्याएर लगानी गर्न चाहेमा नेपाल राष्ट्र बैंक र उद्योग विभागको स्वीकृति चाहिने अहिलेको व्यवस्था हटाउन माग गरेको छ। यस्तो लगानीको बैंक तथा वित्तीय संस्थाहरुले रेकर्ड राख्ने र सोको जानकारी नियामक निकाय तथा सरोकारवाला निकायलाई दिन व्यवस्था गर्नुपर्ने सुझाब दिएको छ।

गैरआवाशीय नेपालीले १० लाख अमेरिकी डलरसम्म नेपालमा लगानी गर्न ल्याउँदा नेपाल सरकारले त्यस्तो रकमको सम्पत्तिको स्रोत नखोज्ने व्यवस्था गर्ने गराउने तथा नेपाली नागरिकले नेपालको कृषि तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्दा त्यस्तो रकमको स्रोत नखोज्ने व्यवस्था गर्ने ।

संघले अहिलेको ऐतिहासिक संकट सामना गर्नको लागि समग्र अर्थतन्त्र जोगाइ अगाडि बढ्नु पर्ने निष्कर्ष निकाल्दै राहत कार्यक्रमको घोषणा समेत गरेको छ।

बैंक संचालकहरुले घोषणा गरे वित्तीय क्षेत्रका लागि राहत प्याकेज, सरकारलाई दिए ५ सुझाब