समाजवादी पार्टी र राजपाबीच मध्यरातमा यसकारण भयो अचानक एकीकरण

0
Shares

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ। समाजवादी पार्टी र राजपा नेपालबीच भएको सहमतिअनुसार नयाँ गठन गरिने एकिकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ।

‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ,’ सहमतिमा भनिएको छ।

एकिकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।

सो सहमति पत्रमा राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले गरेका छन्।

राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर सो सहमति पत्रमा छैन।

हस्ताक्षरपछि गरिएको सामुहिक फोटोमा पनि ती दुई नेता देखिएका छैनन्।

यसकारण भयो अचानक एकीकरण 

सरकारले सोमबार अचानक अध्यादेश ल्याई राजनीतिक दल बिभाजनलाई सहज बनाएपछि दुई दलबीच रातारात एकीकरण गर्ने सहमति भएको हो।

सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो।

यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो।

नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो।

समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो।

उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो। अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीको ४० प्रतिशत पुर्याए मात्र दलको मान्यता पाउनेछ।

तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।

एकीकरण गर्ने पक्षभन्दा पहिले नै नयाँ दल गठन गर्ने पक्ष निर्वाचन आयोग गएर दर्ता गर्न भ्याएमा त्यसले मान्यता पाउनेछ।

स्रोतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुको पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने योजना अनुसार अध्यादेश ल्याएका हुन्।

त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएको हो।

पहिलेदेखि एकीकरणका लागि वार्ता गरिरहेका यी दुइ पक्षबीच अन्ततस् सरकारले ल्याएको अध्यादेशकै कारण एकता हुन पुगेको छ भने रेणु यादव पक्षको ४० प्रतिशत पुर्याएर नयाँ दल गठन गरी प्रधानमन्त्री ओलीसँग एलायन्स गर्ने योजना पुरा हुन्छ हुँदैन अनिश्चित छ।

 असन्तुष्टि

तर उक्त राजनीतिक निर्णयको दस्तावेजमा राजपाका दुई शीर्ष नेता राजकिशोर यादव र अनिलकुमार झाको भने हस्ताक्षर छैन।

भण्डारीले भने सहमतिकै आधारमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका तर्फबाट आफूसहित महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव बैठकमा सहभागी भएर निर्णय गरेको दाबी गरेका छन्।

‘उहाँहरूको सल्लाह र सहमतिकै आधारमा यो कुरा अगाडि बढेको छ,’ भण्डारीले भने। ‘वैधानिक कुराहरू अघि बढ्नासाथ दुवै दलका अध्यक्ष मण्डल र आ-आफ्ना दलका केन्द्रीय समितिको सहमति र निर्णय लगायतका आवश्यक कानुनी प्रक्रिया सुरु हुनेछ।’

प्रधानमन्त्री ओलीले कुन घरमा सुने ‘भाँडा बजेकोुकोरोनाभाइरसस् भ्रष्टाचारको छानबिन गर्न नेकपा बैठकमा ओलीलाई चर्को दबाव
समाजवादी पार्टीका तर्फबाट सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले सहमतिमा हस्ताक्षर गरेका छन्।

उता समाजवादी पार्टी फुटको सँघारमा रहेको विषय भने बिहीवार बिहानसम्म पुष्टि हुन सकेको छैन।

जनता समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा पहिले दर्ता भएको खण्डमा सो पार्टी फुटाउन सहज नहुने जानकारहरू बताँउछन्।

नवगठित पार्टी आधिकारिक रूपमा दर्ता हुनुअघि समाजवादी पार्टी टुक्र्याउन भने सातजना सांसदको आवश्यकता पर्नेछ।

भण्डारी भने दुवै पार्टीका नेता कार्यकर्ता सँगै रहेको दाबी गर्दै टुटफुटको सम्भावना नरहेको बताउँछन्।