मनोज ज्ञवालीले छोडे ज्योती विकास बैंक


ज्योती विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बैंकबाट बाहिरिने भएका छन् । प्रमुख कार्यकारी अधिकृत बनेको २ वर्ष पुरा नहुँदै ज्ञवालीले बैंकबाट बाहिरिने निर्णय गरेका हुन् ।

ज्योती विकास बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा लामो समय बिताएर झण्डै २ वर्ष पहिले ज्ञवाली प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

ज्ञवालीले बैशाख १५ गतेदेखि बैंकबाट पुर्ण रुपमा बाहिरिने जानकारी दिएका छन् ।

नेपाल राष्ट्र बैंकमा झण्डै ७ वर्ष काम गरेका ज्ञवालीले यस अघि ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लगायत संस्थाहरुमा काम गरिसकेका छन् ।