बैंकर र सञ्चालकको मतभेद, अध्यक्षहरुको निर्णय मान्न नसकिने प्रमुख कार्यकारीहरुको निर्णय


कोरोना प्रभावितहरुलाई राहत दिने सम्बन्धमा बैंकहरुका अध्यक्षहरुको छाता संस्थाले गरेको निर्णय कार्यान्वायन गर्न नसक्ने निष्कर्ष बैंकर्स संघले निकालेको छ ।

केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कोरोना प्रभावित व्यवसायलाई राहत प्याकेज घोषणा गरेको थियो । १ करोड रुपैंयासम्मको ऋण लिएकाहरुलाई १० प्रतिशत याज छुटका साथै ऋणको व्याज १ प्रतिशतले घटाउने लगायतका निर्णय परिसंघले गरेको थियो ।

परिसंघका निर्णय बिस्तृतमा यहाँ हेर्नुहोस् ।

बैंक संचालकहरुले घोषणा गरे वित्तीय क्षेत्रका लागि राहत प्याकेज, सरकारलाई दिए ५ सुझाब

विदेशबाट रकम ल्याउँदा स्रोत नखोज्न र ५ लाख डलरसम्म शेयरमा लगानी गर्न पाउनुपर्ने माग

परिसंघले राहतका साथै विदेशबाट लगानी भित्र्याउन पाउनु पर्ने माग सहितको निर्णय सार्वजनिक गरे पछि बैंकर्स संघले परिसंघका निर्णय कार्यान्वायन हुन नसक्ने निष्कर्ष निकालेको हो ।

बिहीबार भएको संघको छलफलले परिसंघले केही दिन अघि गरेका निर्णयहरु कार्यान्वायन गर्न नसक्ने भन्दै यस्ता निर्णयहरु सञ्चालक समितिबाट भएको भए राम्रो हुने निष्कृर्ष पनि निकालेको छ ।

एक बैंकरले नोटबजारसँग कुरा गर्दै परिसंघले गरेका निर्णय कार्यान्वायन गर्न असहज हुने निर्णयमा संघ पुगेको जानकारी दिए ।