कस्ता शेयरलाई ब्लु चिप भनिन्छ ? हेर्नुहोस् १० विशेषता

0
Shares

‘ब्लू चिप’ शब्द सबभन्दा पहिले सन् १९२३ मा डा. जोन्सका एक कर्मचारी ओलिभ जिन्गोल्डले केही उच्च मूल्यांकित शेयर जसको मूल्य २०० डलरभन्दा पनि माथि थियो सो लाई जनाउनका लागि यसको प्रयोग गरेका थिए ।

लामो समयदेखि नाफा कमाउँदै आएको तथा लगानीकर्ताहरुलाई उच्च प्रतिफल (लाभांश) प्रदान गर्दै आएको कम्पनीको सेयरलाई ब्लु चिप शेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ताप्रति अन्य कम्पनीहरू भन्दा तुलनात्मक रुपमा बढी जवाफदेही हुन्छन् । संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ उच्च लाभांश प्रदान गर्दै आएका कारण यस्ता कम्पनी लगानीकर्ताहरुप्रति बढी जवाफदेहि भएकाले विश्वास जित्न सफल मानिन्छन् ।

यस्ता कम्पनीहरुले लगानीकर्ताको विश्वास जितेका हुन्छन् । उनीहरू पारदर्शी, जिम्मेवारीको स्पष्ट विभाजन, प्रतिफलको न्यायोचीत वितरण संस्थागत सुशासनमा पनि अगाडि हुन्छन् । यस्ता कम्पनीको सेयरहरुको बजार मूल्य प्रायः बढिरहेकै हुन्छ ।

ब्लू चिप कम्पनीहरुका निम्न विशेषताहरुले पनि यस्ता कम्पनीको सेयर खरिद गर्न आम लगानीकर्ता लालायित हुन्छन् । ब्लू चिप शेयरका १० विशेषता यस्ता हुन्छन् । यीनै विशेषताका आधारमा ब्लू चिप शेयरलाई चिन्न सकिन्छ ।

१.कम्पनीको बजारमा उच्च छबी (साख) हुनु

२. हकप्रदमा भन्दा बोनस वितरणमा जोड

३. लाभांशका फाइदा

४. नियमित आम्दानी बढाउँदै लग्नु

५.लिक्वीड सेयर

७. लगानीकर्ताको विश्वास र भरोसा बढी हुनु

८. बजार पूँजीकरण धेरै हुनु

९. अल्पकालीन र दीर्घकालीन लगानी दुबैबाट प्रशस्त लाभ लिनसक्नु

१०. वैदेशिक संस्थागत लगानीकर्ता र म्युचुअल फण्डहरुले समेत यस्ता कम्पनीमा लगानी गर्नु । आदी

कुनै समयमा ब्लु चिप मानिने कम्पनीहरुको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरु जस्तै बन्न पनि सक्छन् । सबै कम्पनीलाई जुनसुकै कालखण्डमा उत्तिकै सफलता मिल्छ भन्न सकिन्न । तर डार्बिनको विकासवादी सिद्धान्त जस्तै समयक्रममा आफूलाई समयको परिवर्तन अनुरुप कुशल व्यवस्थापनबाट अगाडि बढाउँदै प्रगति गर्नसक्ने कम्पनीहरुले सधै आफ्नो छबी राम्रो कायम गर्न पनि सक्छन् । सो अनुरूप आफूलाई अगाडि बढाउन नसक्ने कम्पनीको अस्तित्व मेटिन पनि सक्छ ।

समयअनुसार आफुलाई अगाडि बढाउन नसक्ने कम्पनीहरु कुनैबेला ब्लु चिप कम्पनीको रुपमा स्थापित भएपनि समयसँगै टाट पल्टेका उदाहरण पनि विश्वमा थुप्रै पाइन्छ । कम्पनीको प्रगतिलाई सो कम्पनीमा व्यवस्थापनमा कस्ता व्यक्तिहरुको संलग्नता रहेको छ भन्ने कुराले ठूलो भुमिका खेल्ने गर्दछ ।

संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, शेयरधनीको विश्वास जितेका र व्यवस्थापन पक्ष राम्रो भएका कम्पनीहरुको शेयरलाई ब्लु चिप शेयरको रुपमा चिनिन्छ।

नेपालमा युनिलिभर नेपाल लिमिटेड, नविल बैङ्क, एभरेष्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्क लगायतका शेयरलाई ब्लु चिप शेयरको रुपमा लिँदै आएको पाइन्थ्यो। यद्यपी नेप्सेमा आएको गिरावट र कम्पनीको पूँजीवृद्धिका कारण लाभांश क्षमता घट्दा युनिलिभर नेपाल बाहेक अन्य सबैको शेयर सस्तो भैसकेका छन्। तर यी कम्पनीरुमा अन्यको तुलनामा संस्थागत सुशासन भने राम्रो नै पाइन्छ।