भारतमा सामुहिक लगानी कोषका ६ योजना बन्द हुँदा २६ हजार करोड जोखिममा

0
Shares

भारतमा सामुहिक लगानी कोष सञ्चालन गर्दै आएको फ्रयाङलिन टेम्पलटन इण्डियाले शुक्रबार देखि ६ वटा खुलामुखि योजनाहरु बन्द गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असरका कारण ती योजनाहरु बन्द गरेको कम्पनीले जनाएको छ ।
भारतीय सञ्चार माध्यामका अनुसार कोष व्यवस्थापकको रुपमा काम गर्दै आएको टेम्पलटनले डेब्ट मार्केटमा तरलता अभाव भएपछि ती योजनाहरु बन्द गरेको जनाएका छन।

इकोनोमिक्स टाइम्स अफ इण्डियाका अनुसार ती ६ योजना मार्फत टेम्पलटनले २६ हजार करोड भारतीय रुपैयाँ लगानी व्यवस्थापन गर्दै आएको थियो ।

फ्रयाङलिन टेम्पलटनले शुक्रबार देखि बन्द गरेको योजनाहरुमा लो ड्यूरेसन फण्ड, डाइनामी अक्रुअल फण्ड, क्रेडिट रिस्क फण्ड, सर्टटर्म इनकम प्लान, अल्ट्र सर्ट बण्ड फण्ड र इनकम अपरच्यूनीटी फण्ड रहेका छन् ।

लगानीकर्ताले बैंकमा निक्षेप राख्दा भन्दा डेब्ट फण्डमा लगानी गर्दा प्रतिफल धेरै आउने भएकाले यी सामुहिक लगानी कोषका योजनाहरुममा लगानी गरेका हुन्छन् । त्यसका साथै तुरुन्तै बिक्री गर्न वा खरिद गर्न पाइने र ती वर्षसम्म होल्ड गरेको खण्डमा करमा समेत छुट पाइने भएकाले लगानीकर्ताको रोजाइमा सामुहिक लगानी कोषका योजनाहरु पर्ने गर्छन । फ्रयाङलिन टेम्पलटन इण्डियाले बन्द गर्ने घोषणा पछि यी योजनाका इकाइहरु खरिद बिक्री बन्द भएका छन् । यो योजना बन्द हुनु भन्दा अघि दैनिक रुपमा योजनाहरु खरिद बिक्री गर्न पाइन्थ्यो ।

शुक्रबार देखि लगानीक्र्ताले यी योजनाका इकाहरु बिक्री गरेर नगद लिने वा नयाँ खरिद गर्न, इक्यूटीमा परिवर्तन गर्न, मासिक खर्चका लागि सिस्टमेटीक विथड्रल गर्न नपाउने भएका हुन ।

यी योजनामा लगानीकतर्ताका लगानी गरको पैसा अड्कीदा निश्चित आम्दानी हुने सम्पत्तीमा असर गर्ने देखिन्छ । त्यसका साथै लगानीकर्ताको पोर्टफोलियोमा समेत तरलता नहुने अवस्था अउनेछ । भारतीय बण्ड मार्केटमा तरलता अभाव भएको र कोरोना भाइरसका कारण देशमा लकडाउन समेत लागु भएको तथा परिपक्क हुने समेत समेत अनिश्चित भएपछि बन्द गर्ने निर्णय गरेको टेम्पलटन इण्डियाले जनाएको छ ।

कोरोना भाइरसका कारण डेब्ट बजारमा पनि जोखिम वढेपछि लोअर रेटेड र अनरेटेड डेब्ट खरिदका लागि केही लगानीकर्ता नभएको अवस्था छ । डेब्ट मार्केटमा लोअर रेटेड वण्डको इल्ड उच्च रहेको र प्राइस डिसकभरी पनि नभएको हुनाले कम्पनीले यस्तो निर्णय गरेको जनाएको छ ।

यो निर्णय संगै योजनाहरु दामासाहीमा जानेछन । त्यसका लागि सक्दो जोखिम व्यवस्थापन गरेर योजनाको सम्पत्ती बिक्री गर्नेछौ । तरपनि यी योजनाहरु दामासाहीमा कहिले जान्छन भन्ने समय निश्चित छैन । यी योजनाका इकाइधनीहरुको पोर्टफोलियोमा रहेको इकई परिपक्क हुदै गएपछि फिर्ता दिदै जाने कम्पनीले जनाएको छ । यदि बजारको अवस्थामा सुधार आएको खण्डमा धितोपत्रहरु बिक्री सुरु गर्नेछ । तर, कष्टपुर्ण बिक्री भने गरीनेछैन ।

कम्पनीका अनुसार जुन लगानीकर्ताको लगानी पहिला परिपक्क हुन्छ सोही अनुसार भुक्तानी दिइने जनाएको छ ।
तर, पछिल्लो समयमा भारतमा कोरोना भाइरसको संक्रमण वढ्दो र लकडाउनका कारण ननबैंकिङ फाइनान्सीयल इन्ष्टिच्यूसनहरु धेरै समस्यामा परेका छन । टेम्पलटनका यी छ योजनाहरुको अधिकासं लगानी यीनै क्षेत्रमा रहेको छ । अमेरिकन इन्भेष्टमेन्ट कम्पनी फ्रयाङलिन टेम्पलटनले भारतमा पनि कम्पनी स्थापना गरी सामुहिक लगानी कोषका क्षेत्रमा काम गर्दै आएको छ ।