पूँजीबजारले कर्पोरट सेक्टरलाई पूँजी दिन्छ भने सरकाले प्राथमिकतामा राख्नुपर्छ : शेयर विज्ञ डा.भट्ट


नेपालको पूँजीबजारले कर्पोरेट सेक्टरका कम्पनीहरुलाई पूँजी दिन्छ भने सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने तर्क शेयर विज्ञ डा. गोपाल भट्टले राखेका छन् ।

विज्ञ भट्टले शेयर बजार देशको आवश्यकता हो भने आवश्यक योजना सहित खोल्नुपर्नेमा जोड दिएका छन् । देशको विकास गर्छु समृद्धिमा लैजान्छु भन्नेले बजार लामो समय सम्म बन्द हुदाँ समेत व्यवस्था गर्नु उचित नभएको उनको भनाई छ ।

अन्य मुलुकमा लकडाउन जारी रहदा समेत बजार खुल्ला रहेको अवस्थामा नेपालमा लामो समय बन्द हुनुको कारण यस क्षेत्रलाई सरकारले बेवास्ता गरेको आरोप भट्टले लगाएका छन् ।

हरेक संकटबाट सिक्दै जानुपर्ने भन्दै उनले अन्तराष्ट्रिय स्तरमा सुचारु भएको शेयर कारोबारको मोडालिटी हेरेर नेपालमा पनि बजार सुचारु गराउनुपर्ने सुझाव दिएका छन् ।