दीर्घकालीन लगानीकर्तालाइ पूँजीगत लाभकरमा छुट दिन स्टक एक्सचेञ्जको सुझाव

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कोरोना भाइरसका कारण नेपालको पूँजीबजार पनि प्रभावित भएको भन्दै आगामी आर्थिक वर्षको बजेट मार्फत दीर्घकालीन लगानीकर्तालाई छुट दिन सुझाव दिएको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बुधबार भएको एक भर्चुअल भिडियो अन्तक्रियात्मक कार्यक्रममा पूँजीगत लाभकरमा दीर्घकालीन लगानीमा छुट दिन, मार्जिन कर्र्जा खुकुलो पार्न, धितो कर्जामा ऋण लिएका व्यक्तिहरुलाई समेत राहत पुग्नेगरि कार्यक्रम ल्याउन धितोपत्र बोर्ड मार्फत सुझाव दिएको बताए।

उनले बजार बन्द गर्नुभन्दा अघि सबै सरोकारवालाहरुको आग्रहमा नै बन्द गरिएको बताए। लकडाउन यति लामो समयसम्म नजाला भन्ने लागेकोले बजार बन्द भएको अवस्था भन्दै उनले पूँजीबजारबाटै तरलातको उपयोग गरि परिवार पालिरहेकालाई बजार बन्द हुँदा त्यसको असर परेको बताए।

नेप्से लकडाउनको परिस्थिति हेरेर र यस्तै परिस्थिति रहेपनि बैशाख २६ गतेपछि बजार खुला गर्नुपर्छ भन्नेमा रहेको उनको भनाई थियो। उनले भने पहिला बजार बन्द गर्नुपर्छ भन्ने केही लगानीकर्ता र ब्रोकरहरु पनि बजार खुला गर्नुपर्छ भन्नेतर्फ लागेकाले बजार खुला गर्नुपर्छ भन्ने छ।

उनले अनलाईन कारोबार गर्नका लागि मेरो शेयर मार्फत शेयर ट्रान्सफर गर्नुपर्ने भएकाले भौतिक रुपमा उपथिति नभएपनि इमेल मार्फत डीपीबाट आएको इमेलको आग्रहमा मेरो शेयरको नवीकरण हुने व्यवस्था गर्न सिडिएसएण्ड क्लियरिङ्गलाई निर्देशन दिइएको बताए।

ब्रोकर साथिहरु, नेपाल क्लियरिङ्ग हाउस, सिडिएस र भेण्डर कम्पनी वाइ कम्पनीसँग छलफलमा लगानीकर्ताले आईपीएस मार्फत कारोबारको भुक्तानी गर्नसक्ने निष्कर्षमा पुगिएको उनले बताए।

धितोपत्र बोर्डसँग ११ बजेदेखि १ बजेसम्म मात्र कारोबार खोल्न, मुलुक लकडाउनमा रहेकाले सर्ट सर्किटको सीमा पनि घटाउन, मेरो शेयरलाई अनिवार्य रुपमा लागू गर्न र आवश्यकलाई पासको व्यवस्गा गर्न बोर्डमा अनुरोध गरिएको उनको भनाई छ।

सेटलमेन्टका लागि सम्बन्धित पक्षले बैंकलाई आग्रंह गर्ने र इमेल मार्फत गरिएको आग्रह अनुसार गर्न सकिने हिसाबले छलफल भएपनि अन्तिम निर्णय भैनसकेको उनको भनाई थियो।

सीईओ साउद भने:- “मेरो शेयर प्रयोगकर्ताले इ डिआईएस गर्नसक्ने र यदि कसैको नवीकरण नभएको खण्डमा उनीहरुको इमेल रिक्वेटका आधारमा नवीकरण गर्नसक्ने र सकिन्छ भने नयाँ लगानीकर्तालाइ पनि निशुल्क रुपमा पनि मेरो शेयर लिन लगाउने र त्यसका लागि प्राविधिक रुपमा कसरी मिलाउने भन्ने छलफल भएको थियो। त्यसअनुसार सिडिएसलाई तयार हुन निर्देशन दिइएको छ, कतिपय लगानीकर्ताहरु अहिले पनि आईपिएसमा आबद्ध भैसकेको र ४२-४३ ब्रोकर कम्पनी पनि आबद्ध भैसकेको र ६-७ वटा मात्र आबद्ध हुन बाँकी रहेकाले आ आफ्नो ठाउँबाट पूर्व तयार गर्नुहोस् भन्नुको मतलब त्यहि हो, सबैले आफ्ना बाँकी काम पूरा गर्नुहास् भन्ने नै हो।”

उनले नेपाल क्लियरिङ्क हाउसको तर्फबाट १ बजेसम्म मात्र बैंक खुला हुने भएकाले सेटलमेन्ट पनि १ बजेभित्र गर्न सुझाव आएको बताए। अहिलेको बजार असामान्य भएकाले अति जरुरी नै हुने मानिसले कहाँ के गर्नुपर्छ त्यो गर्नु नै पर्ने हुन्छ। सबैको बैंक, ब्रोकर र सिडिएससी जानुपर्ने परिस्थिति नहुने भएकाले इमेल मार्फत गरिएको आग्रहमा कार्य गर्न सकिन्छ कि भन्ने थियो। हाल सरकारले थप कडाई गरेकाले सम्बन्धित निकायलाई पास उपलब्ध गराउन अनुरोध गरिएको उनले बताए।

अनलाईन आफैँमा पूर्ण नभई नियामक निकायहरु, राष्ट्र बैंक, बैंक, ब्रोकर, नेपाल क्लियरिङ्ग हाउसको पनि सहयोग चाहिने भएकाले पूर्ण स्वचालित बनाउनका लागि लागिपरेको उनले बताए। उनले इन्ट्रिगेटेड भएपनि प्रयोग नगरि भएन की भन्ने मनसाय धेरै बजारमा आएकाले प्रयोगात्मक रुपमा नै लगानीकर्ताहरुलाई नै प्रयोग गर्न दिएर बैंकसँग र डिम्याट खातासँ आबद्धता गराउने चरणमा स्टक रहेको बताए।