एभरेष्ट बैंकद्वारा प्रदेश २ को राहत कोषमा ६ लाख सहयोग

0
Shares

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा एभरेष्ट बैंकले ६ लाख रूपैयाँ प्रदान गरेको छ।

मुख्यमन्त्री लालबाबु राउतलाई बैंकका जनकपुरस्थित प्रतिनिधिहरूले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ।