उद्योग मन्त्रालयले थाल्यो शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनको तयारी

0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबारदेखि ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ। जसमा खाद्यान्न उत्पादन गर्नेदेखि अन्य अत्यावश्यक वस्तु उत्पादन र निर्माण सामाग्री उत्पादन गर्ने सहित ४२ प्रकारका उद्योग रहेका छन्।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

उद्योग मन्त्रालयका उपसचिव वीरेन्द्र बस्नेतले विशेष आर्थिक क्षेत्रमा संचालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरु सुरक्षाका उपायहरु अपनाएर सञ्चालनमा ल्याउने निर्णय भएको जानकारी दिए।

यसरी सञ्चालन हुने उद्योग तथा कलकारखानाले कोरोना संक्रमणबाट बच्न मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने जस्ता सुरक्षाका उपायहरु अपनाउनुपर्ने प्रावधान राखिएको छ।

उद्योग मन्त्रालयले मंगलबार पहिलो चरणमा अत्यावश्यक र खाद्यन्न उत्पादन गर्ने, दोस्रो चरणमा निर्माण र पूर्वाधारको क्षेत्र र तेस्रो चरणमा निर्यातमुखी उद्योग चलाउन उच्चस्तरीय समितिमा मन्त्रालयले प्रस्ताव पेश गरेको थियो।

मन्त्रिपरिषद्को निर्णय पछि सञ्चालनमा आउने उद्योगहरुको सूची यस प्रकार छन्:-

१) खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु

२) दुध तथा दुग्ध पदार्थ उत्पादन उद्योग

३) औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु

४) खानेपानी उत्पादन गर्ने उद्योगहरु

५) इँटा उद्योग

६) पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग

७) खाने तेल तथा घ्यू उद्योग

८) चिनी उद्योग

९) चिया प्रशोधन उद्योग

१०) एलपिजी ग्याँस उद्योग

११) प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग

१२) कफि उद्योग

१३) पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग

१४) नूडल्स तथा तयारी चाउचाउ उद्योग

१५) मसला उद्योग

१६) अलैंची र अदुवा प्रशोधन उद्योग

१७) कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग

१८) धान चामल र चिउरा उद्योग

१९) दाल उद्योग

२०) पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग

२१) खानी तथा खनिजजन्य उद्योग

२२) बालुवा प्रशोधन तथा क्रसर उद्योग

२३) सिमेण्ट उद्योग

२४) आइरन तथा स्टिलउद्योग

२५) पेन्टिङ्गस (रंगरोगन) उद्योग

२६) जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग

२७) बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग

२८) जुुस तथा हल्का पेयपदार्थ उद्योग

२९) प्लाइउड र भेनिर उद्योग

३०) विद्युत्त उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु

३१) जस्ता पाता उद्योग

३२) हेभी मेशीनरी औजार मर्मत संभार

३३) खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम ईत्यादी)

३४) स मिल र काष्ठ उद्योग

३५) आल्मुनियम उद्योग

३६) ग्रील उद्योग

३७) फोहोर मैला संकलन तथा प्रशोधन उद्योग

३८) ढुवानी तथा कार्गो सेवा उद्योग

३९) मेशीन पार्टपूर्जा वर्कशप उद्योग

४०) मोटर ग्यारेज वर्कशप उद्योग

४१) छापाखाना तथा प्रेस सम्बन्धी उद्योग

४२) सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग

४३) विशेष आर्थिक क्षेत्रमा संचालित सबैखाले उद्योग

४४) औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग