‘शेयर बेचेर गर्जो टार्नु पर्ने लगानीकर्तालाई ध्यानमा राखेर बजार खोल्न लागेका हौं’ नेप्से प्रमुखसँग भिडियोवार्ता


बैशाख २८ गते आइतबारदेखि शेयर बजार खुलाउने तयारी भए अनुसार बजार सञ्चालन गर्न सरकारले सम्बद्ध पक्षलाई अनुमति दिएको छ । लकडाउन खुकुलो नभए पछि बजार सञ्चालन नहुने अवस्था बढेका बेला धितोपत्र बोर्ड, नेप्से, केन्द्रिय निक्षेप प्रणाली, शेयर दलाल, लगानीकर्ता तथा सम्बद्ध पक्षका बिचमा बजार खुलाउने सम्बन्धमा छलफल भईरहेको थियो ।

बुधबार दिउँसो लकडाउन थप्ने कि नथप्ने भन्ने विषयमा मन्त्री परिषदको बैठक बस्दै गर्दा नोट बजारका परमेश्वर अधिकारीले नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई सोधे लकडाउनका बिच शेयर बजार सञ्चालन कति सहज छ ?

साउदसँगको सम्वादको भिडियो सामग्री यहाँ प्रस्तुत गरिएको छ ।